दफा ३८
चोरी पैठारी वा चोरी निकासी गरेको मानिने
दफा ३६ वा ३९ बमोजिम तलासी लिँदा भन्सार महसुल लाग्ने वा यस ऐन बमोजिम घोषणा गरी पैठारी वा निकासी गर्नुपर्ने मालवस्तु बरामद भएकोमा भन्सार अधिकृतले तलासी लिएको व्यक्तिलाई सो मालवस्तुको प्रज्ञापनपत्र र भन्सार महसुल लाग्ने मालवस्तु भए महसुल तिरेको निस्सा पेश गर्न आदेश दिनेछ । निजले त्यस्तो प्रज्ञापनपत्र वा निस्सा पेश गर्न नसकेमा चोरी पैठारी वा चोरी निकासी गरेको मानिनेछ ।